सत्य नारायण मानन्धर, रुपन्देही ||
रुपन्देहीको शुद्धोधन गाउँपालिका वार्ड नम्बर ५ मा रहेको मानपकडी स्वास्थ्य चौकीमा एक समारोहबीच लायन्स क्लब अफ बुटवल हार्टकोे बार्षिक कार्यक्रम अन्तर्गत मेघा हेल्थ क्याम्प निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
कार्यक्रम क्लवका अध्यक्ष लायन प्रविन्द्र गोविन्द श्रेष्ठको अध्यक्षतामा र लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ पी का डिष्ट्रिक गभर्नर लायन पुरुषोत्तम भक्त प्रधानाङ्गको प्रमुख आतिथ्यतामा सञ्चालन भएको हो । कार्यक्रममा प्रमुख अतिथि पुरुषोत्तम भक्त प्रधानाङ्गले मनोरोग विशेषज्ञ डा.मौसमी थापालाई विपी सेट प्रदान गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
रुपन्देहीकोे सुद्धोधन गाँउपालिका क्षेत्रमा यो मेघा हेल्थ क्याम्प लायन्स क्लवकोे वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको हो । हेल्थ क्याम्पमा फिजिसियन, साइक्याट्रीक (मनोरोग) तथा हाड जोर्नीका विषेशज्ञ डाक्टरहरु द्वारा चेकअप गरिएको थियो । साथै एक हजार जनाकोे डायबिटिज चेकअप गरिएको छ । मेघा हेल्थ क्याम्प अन्तर्गत पहिलो पटक पि एफ टी टेस्ट पनि निःशुल्क गरिएको छ । हेल्थ क्याम्पमा चेकअप गराएका सम्पूर्ण बिरामीलाई निःशुल्क औषधिहरु पनि प्रदान गरिएको लायन्स क्लव अफ बुटवल हार्टका अध्यक्ष प्रविन्द्र गोबिन्द श्रेष्ठले बताउनु भयो ।
स्वास्थ्य शिविर जनचेतना जगाउने उदेश्यले गरिएको बताईएको छ । स्वास्थ्य शिविर लायन्सको नियमित कार्यक्रमअन्तर्गत रहेको र जुनसुकै शिविरमा फोक्सोको चेकअप हुने हुँदा यो स्वास्थ्य शिविरमा पनि विशेष गरेर फोक्सोकोे चेकअप गरिएको छ । साथै डायविजिट रोगकोे पनि चेक जाँच गरिएको लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ पी का डिष्ट्रिक गर्भनर लायन पुरूषोत्तम प्रधानाङ्गले बताउनु भयो ।
कार्यक्रममा शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले सुधोधन गाँउपालिका वार्ड नम्बर ५ मा रहेको मानपकडी स्वास्थ्य चौकीमा लायन्स क्लब अफ बुटवल हार्टले स्वास्थ्य सेवामूलक शिविर ल्याएर यस क्षेत्र र विभिन्न वडामा रहनु भएका रोगी र बिरामीहरु लाई निशुल्क स्वास्थ्य उपचारका साथै नि शुल्क औषधिहरु वितरण गरेकोमा धन्यवाद दिनुभयो । उहाँले अगामी दिनहरूमा लायन्स क्लब र शुद्धोधन गाउँपालिकाको साझेदारीमा बृहत कार्यक्रम गरिने बताउनुभयो ।
लायन्स मेघा हेल्थ क्याम्पमा मनोरोगका बिरामीलाई चेकअप गरी बिरामीको समस्या बुझी कसरी यो रोगकोे रोकथाम गर्न सकिन्छ भन्ने जानकारी गराईएको चौतारी हस्पिटल रुपन्देहीका मनोरोग विशेषज्ञ डा. मौसमी थापाले बताउनु भयो ।
शुद्धोधन गाउँपालिका सामाजिक विकास समितिका संयोजक केशवप्रसाद अधिकारीले ग्रामीण क्षेत्रमा आर्थिक रूपले कमजोर भएका व्यक्तिहरू विषेशज्ञ सेवा लिनबाट वञ्चित भएको भन्दै उक्त समुदाय स्वास्थ्य शिविरबाट लाभान्वित भएको बताउनु भयो ।
निःशुल्क स्वास्थ्य शिविरमा मानसिक रोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ,महिला तथा स्त्रीरोग विशेषज्ञ,जनरल फिजिसियन सेवा, सुगर परिक्षण लगायतका कुल पीपीडी बिरामी ५०१ जना सेवाग्राहीले सेवा लिएका थिए । डी,एस,टी, परीक्षण २६७ जना र पी,एफ,टी,सेवा १९१ जना बिरामीहरूले निःशुल्क स्वास्थ्य चेक जाँच र निःशुल्क औषधी प्राप्त गरेको शुद्धोधन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले बताउनुभयो । स्वास्थ्य शिविरकोे व्यवस्थापन तथा संयोजन लायन्स क्लव अफ बुटवल क्षितिजका निवर्तमान अध्यक्ष ध्रुवकुमार शर्मा गर्नु भएको थियो ।
रुपन्देहीको शुद्धोधन गाउँपालिकामा बृहत मेघा स्वास्थ्य शिविर सम्पन्न
ताजा समाचार
एनपिएलः काठमाण्डुसँग लुम्बिनी १८ रनले पराजित
१४ घन्टा अघि
एनपिएलः जनकपुरको पहिलो हार, सुदूरपश्चिमको चौथो जित
१८ घन्टा अघि
प्रमुख सूचना आयुक्त र आयुक्तहरुद्वारा शपथ ग्रहण
१९ घन्टा अघि