उपचुनाव ः १७ पद जितेको कांग्रेसलाई धक्का, माओवादी ११ पदसहित दोस्रो, ८ पदसहित एमाले तेस्रो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

उपचुनाव ः १७ पद जितेको कांग्रेसलाई धक्का, माओवादी ११ पदसहित दोस्रो, ८ पदसहित एमाले तेस्रो

२०८१,८,१८

पालिका उपचुनावको मतगणना सकिएको छ । पालिकाका रिक्त विभिन्न ४२ पदका लागि उपचुनावको सबै नतिजा आएको छ । एक मेयर, एक उपमेयर, दुई अध्यक्ष, चार उपाध्यक्ष र ३४ वटा वडाध्यक्षको नतिजा सार्वजनिक भएको हो ।४२ पदमध्ये समग्रमा कांग्रेसले १७, माओवादीले ११ र एमालेले आठ पद जितेका छन् । एउटा मेयर पदको उपचुनाव अर्थात काठमाण्डौको कीर्तिपुरमा कांग्रेसले जितेको छ । एउटा उपमेयरको लागि भएको चुनाव अर्थात जाजरकोटको नलगाडमा माओवादीले जितेको छ ।

गाउँपालिकाका दुई अध्यक्षको लागि भएको उपचुनावमध्ये दैलेखको महाबु गाउँपालिकामा एमालेका जंगबहादुर शाही र मोरङको ग्रामथानमा माओवादी केन्द्रका नमोनारायण माझी विजयी हुनुभएको छ ।चार उपाध्यक्षमध्ये हुम्लाको सर्केगाड र रुकुमको पुथा उत्तरगंगामा माओवादी तथा बाजुराको स्वामीकार्तिक र दोलखाको गौरीशंकरमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

यस्तै, रिक्त रहेका ३४ वडाध्यक्षमध्ये कांग्रेसले १६, माओवादी केन्द्रले निर्विरोधसहित सात, एमालेले पाँच, जसपा नेपालले दुई, रास्वपाले एक, एकीकृत समाजवादीले एक, नेमकिपाले एक र स्वतन्त्र उम्मेदवारले एक ठाउँमा जितेका छन् । रुकुमको पुथा उत्तरगंगा २ को वडाअध्यक्षमा माओवादीका उम्मेदवार निर्विरोध भएका थिए ।

अहिले उपचुनाव भएका पालिका प्रमुख र उपप्रमुखका आठ पदमध्ये २०७९ को चुनावमा कांग्रेसले छ र माओवादीले दुई ठाउँमा जितेका थिए । अहिलेको उपचुनावबाट माओवादीले दुई पदाधिकारी र एमालेले तीन पदाधिकारी थपेका छन् ।

कांग्रेसले यसअघि जितेका छ मध्ये काठमाण्डौको कीर्तिपुर नगरपालिकाको मेयर मात्रै जितेको छ । कांग्रेसले अघिल्लो चुनावमा जितेका मध्ये दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष तथा बाजुराको स्वामिकार्तिक गाउँपालिका उपाध्यक्ष गरी तीन नयाँ पदाधिकारी एमालेले जितेको छ ।

माओवादीले रुकुमको पुथा उत्तरगंगा र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष जोगाएको छ भने मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पद थपेको छ । यी दुवै ठाउँ यसअघि कांग्रेसले जितेको थियो ।
यस्तै, उपचुनाव भएका ३४ वटा वडामध्ये यसअघिको चुनावमा कांग्रेसले १९, एमालेले एमालेले आठ, माओवादीले छ, जसपा नेपालले एक पद जितेका थिए । यस पटक कांग्रेसले तीन वडा गुमाएर १६ र एमालेले तीन वडा गुमाएर पाँच मात्र जितेका छन ।

माओवादीले भने एउटा थप गरी ७ वटा वडामा जितेको छ । जसपा नेपालले पनि एउटा वडा थपेको छ । नेकपा एकिकृत समाजवादी, नेमकिपा, रास्वपा र स्वतन्त्र उम्मेदवारले एक एक पदमा जितेका छन्

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);