डलरको भाउ अहिलेसम्मकै उच्च | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

डलरको भाउ अहिलेसम्मकै उच्च

२०८१,८,७

अमेरिकी डलरको भाउले नयाँ कीर्तिमान बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको भाउ ९बिक्रीदर० १३५ रुपैयाँ ५० पैसा कायम भएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ ९० पैसा छ । यो अहिलेसम्मकै उच्च भाउ हो ।यसअघि डलरको भाउले १३५ रुपैयाँ ३७ पैसा पुगेर कीर्तिमान कायम गरेको थियो । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ भारु निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।

आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);