आज तिहारको कुनै पर्व छैनः नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०८१, मंगलबार

आज तिहारको कुनै पर्व छैनः नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

२०८१,०७,१६
यमपञ्चक अर्थात् तिहारअन्तर्गत औँसीको दिन आज कुनै पर्व नरहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा हिजो नै गरिएको छ । हिजो बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिएको हो ।काठमाण्डौ उपत्यकासहित देशका मुख्य शहरबजार झिलिमिली भएका छन् ।

उज्यालोको पर्वसमेत मानिने तिहारमा घर तथा कार्यालय सरसफाइ गरी झिलिमिली बत्तीले सजिएका छन् । औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा भोलि शनिवार परेको समितिले जनाएको छ ।आज तिहारको कुनै पर्व नपरे पनि औँसी आफैँमा पर्व हो । औँसीमा विशेषगरी पितृकर्म हुने गर्छ ।

यो वर्ष तिथिको घटबढका कारण औँसीमा सूर्योदय भएको आजको दिन कुनै पर्व नपरेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।पाँच दिनमा सकिने तिहार यसवर्ष छ दिनसम्म लम्बिएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिन शुरु हुने तिहार यस वर्ष कात्तिक १३ गते मङ्गलवार शुरु भएको थियो ।

यो पर्व कार्तिक शुक्ल द्वितीयाका दिन पर्सि १८ गते भाइटिका छ ।नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राध्यापक डा। रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);