मिथिलाक्षेत्रमा विवाहपञ्चमी महोत्सवको तयारी | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ९ २०८१, शुक्रबार

मिथिलाक्षेत्रमा विवाहपञ्चमी महोत्सवको तयारी

२०८१,७,९

मिथिलाक्षेत्रको सांस्कृतिक महोत्सव मानिने विवाहपञ्चमीको तयारी शुरु भएको छ । सप्ताहव्यापी मनाइने रामजानकी विवाह महोत्सवको लागि मधेस प्रदेश सरकारले कार्यदल नै बनाएर तयारी थालेको हो ।मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको नेतृत्वमा समिति गठन भएको गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले जानकारी दिनुभयो ।समितिले महोत्सवका कार्यक्रमको रुपरेखा तयार गर्नसँगै अयोध्याबाट आउने जन्तीको स्वागत, खानपान तथा बसोबास व्यवस्थापन र आम श्रद्धालु बस्न सक्ने ठाउँको व्यवस्थापनबारे पूर्वयोजना बनाउने छ ।

त्रेतायुगमा अयोध्याका राजा दशरथका श्रीरामसहितका चार पुत्र र विदेहराज ९मिथिला नरेश० शिरध्वज जनक र उहाँका भाइ कुशध्वजका छोरीहरू सीताजीसहित चार दिदीबहिनीको विवाह भएको मङ्सिर शुक्ल पञ्चमी तिथिका अवसरमा विवाहपञ्चमी महोत्सव मनाइने पुरानो मैथिल परम्परा हो ।यसपालि यो सांस्कृतिक पर्व आउँदो मङ्सिर २१ गते परेको छ । महोत्सवमा विवाहअघि र पछिका विधि मिथिलाका स्थापित परम्परा र प्रचलित कर्मकाण्डीय विधानअनुसार गरिने चलन छ ।यसका लागि हरेक दिन विधिअनुसार सप्ताहव्यापी कार्यक्रम आयोजना गरिन्छन् । जसमा राम, लक्ष्मण जनकपुर आइपुगेका दिनलाई नगर दर्शन, सीताजीसँग फूलबारीमा आमनेसामने भएको कथा प्रसङ्गलाई फूलबारी लीला, धनुषयज्ञ, तिलकोत्सव, मटकोर ९विवाहका लागि यज्ञवेदी बनाउने०, स्वयम्वर, विवाह र रामकलेवा ९जन्ती बिदाइ० का कार्यक्रम आयोजना गरिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);