प्रधानमन्त्री ओलीका पछिल्ला कदमले सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको पुष्टि गरिसक्यो: प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ७ २०८१, बुधवार

प्रधानमन्त्री ओलीका पछिल्ला कदमले सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको पुष्टि गरिसक्यो: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको आरोप लगाएका छन्।
पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरुसँगको भेटमा सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गरे।उनले भने, सरकारको सय दिन पुगेको छ, सरकार गठनहुँदा नै हामीले जे आशंका गरेका थियौं, सय दिनको बीचमा त्यसलाई नै पुष्टि गर्ने काम गरेको छ। विपक्षी दलहरुले मात्रै होइन, नागरिक समाजका अगुवा र स्वयं सत्तारुढ दलका नेताहरुले समेत असन्तुष्टि जनाइरहेका छन्।

यसबाट सरकार गर्नुपर्ने काममा चुकेको र गर्न नहुने काममा मात्रै केन्द्रित भएको स्पष्ट हुन्छ।’प्रधानमन्त्रीले विवादित व्यवसायीबाट जग्गा दान लिनेसम्मको अवस्थाले यो सरकार भ्रष्टाचारीको पक्षमा छ भन्ने पुष्टि भएको उनको भनाइ छ।सरकारका गलत रवैया रोक्न र गर्नुपर्ने काममा ध्यान दिन आग्रह गर्दै पाँच विपक्षी दलहरुले ज्ञापनपत्र बुझाइसकेको बताए।

सरकारका गलत क्रियाकलापको बिरोधमा सडकबाट समेत आवाज उठाउन कात्तिक १० गते पार्टीका बागमती, विशेष र समन्वय प्रदेश समितिको आयोजनामा काठमाडौंमा खबरदारी सभा गर्न लागेको बताए।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);