अन्य

विश्वव्यापी चर्चित पप गायक ल्याम पेनेको अर्जेन्टिनाको होटलबाट खसेर ज्यान गयो

२०८१,०७,०१
चर्चित पप ब्याण्ड ‘वन डाइरेक्शन’ का पूर्वसदस्य गायक लियाम पेनेको ३१ वर्षको उमेरमा ज्यान गएको छ । अर्जेन्टिनामा ब्यूनस आयर्सको एक होटलको तेस्रो तल्लाबाट खसेर लियाम पेनको ज्यान गएको बीबीसीले जनाएको छ । पालेर्मोको कोस्टारिका स्ट्रिटमा रहेको होटलमा यो दुर्घटना भएको हो । यसै महिनामा उहाँले अर्जेन्टिनामा भएको एक कन्सर्टमा आफ्नो प्रस्तुति दिनुभएको थियो ।वेलायतमा जन्मिएका पेने सन् २०१० मा आफ्नै देशको रियालिटी शो ‘द एक्स फ्याक्टर’ मा सहभागी भएपछि पेनेसहित जयान मालिक, ह्यारी स्टाइल, लौइस टमलिनसन र नियाल होरानले ‘वन डाइरेक्शन’ नामक पप ब्याण्ड बनाउनुभएको थियो । यो ब्याण्ड २०१६ मा निष्क्रिय भएको थियो ।पाँच वटा एल्बल निकालेको यस ब्याण्डले २०१३ मा निकालेको तेस्रो एल्बम मिडनाइट मेमोरिज २०१३ विश्वभर धेरै बिक्रि भएको एल्बम बनेको थियो ।

उनको निधन भएको खबर फैलिएपछि प्रशंसकहरू ब्युनस आयर्सको होटल बाहिर भेला भएका छन् । श्रद्धाञ्जलीका लागि ठूलो भिड जम्मा भएका कारण प्रहरीले होटलको प्रवेशद्वार बन्द गर्नुपरेको खबरमा उल्लेख छ ।

Related Post
Share

This website uses cookies.