प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन रास्वपाको माग | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन रास्वपाको माग

२०८१,०७,०१
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन माग गरेको छ ।एक विज्ञप्ति जारी गर्दै रास्वपाका प्रवक्ता मनिष झाले राष्ट्रिय जीवनका तमाम समसामयिक समस्याहरूबारे तत्काल छलफल गर्न आवश्यक देखिएकोले प्रतिनिधिसभाको विशेष अधिवेशनका लागि माग गर्नुभएको हो ।

विपद्को पूर्वतयारीमा चुकेकोसरकार व्यवस्थापनमा पनि असफल भएको विज्ञप्तिमा भनिएको  छ। मुद्दा खेपिरहेका विवादित व्यापारीबाट करोडौं मूल्य पर्ने जग्गा दान लिएर सत्ताको नेतृत्व गर्ने दलले नै स्वार्थको द्वन्द्वको डरलाग्दो अभ्यास गरेबाट सुशासनको अडान धरमराएकोरास्वपाले उल्लेख गरेको छ ।

यस्तै, सरकारको अन्तर्राष्ट्रिय विश्वसनीयता फितलो हुँदा द्विपक्षीय आर्थिक सम्बन्धमा गत्यावरोध हुन थालेका रास्वपाको ठम्याइ छ । आत्मविश्वास र दक्षता स्खलित हुँदा दुई तिहाईको सरकार कामचलाउ जस्तो देखिएकोरास्वपाले विज्ञप्तिमा भनेको छ । सरकारलाई निगरानी गर्नुपर्ने संसदीय समितिहरू समेत सत्ता पक्षीय बहुमतको बन्धक भएको रास्वपाको आरोप छ ।

Leave a Reply