जापानको प्रधानमन्त्रीमा शिगेरु इशिबा निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

जापानको प्रधानमन्त्रीमा शिगेरु इशिबा निर्वाचित

२०८१,०६,१५
जापानको नयाँ प्रधानमन्त्रीमा शिगेरु इशिबा निर्वाचित भएका छन । उनी आज प्रतिनिधिसभामा भएको मतदानबाट निर्वाचित भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।गएको हप्ता लिबरल डेमोक्रेटिक पार्टी एलडीपीको अध्यक्षमा निर्वाचित भएका इशिबालाई सत्तारूढ गठबन्धनसहित अरू केही दलले मत दिएका खबरमा उल्लेख छ ।

अब उनलाई शाही दरबारमा हुने एक भव्य समारोहमा सम्राट नारुहितोले औपचारिक रूपमा नियुक्त गर्नेछन । त्यसपछि इशिबाले मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन ।

 

जापानको संसद्को तल्लो र माथिल्लो दुवै सदनमा सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीको बहुमत रहेको छ ।प्रधानमन्त्री इशिबाले जापानको घट्दो जनसङ्ख्या र कमजोर बन्दै गइरहेको अर्थव्यवस्थासहित धेरै चुनौतीको सामना गर्नुपर्ने खबरमा उल्लेख छ । यस्तै राष्ट्रिय सुरक्षा मोर्चामा चीन, उत्तर कोरिया र रुसबाट बढ्दो खतरा र अर्को महिना अमेरिकामा निर्वाचित हुने नयाँ राष्ट्रपतिसँग सम्झौता गर्ने विषयलाई पनि उहाँको चुनौतीका रूपमा हेरिएको छ।इशिबाले यसै महिना तल्लो सदन भङ्ग गर्ने र प्रारम्भिक चुनावको आह्वान गर्ने योजना पनि बनाएका छन । प्रधानमन्त्री हुनुअघि नै संसद् भङ्ग गर्ने र चुनाव गर्ने योजना सुनाएको भन्दै विपक्षीले उनको चर्को आलोचना गरेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);