कोशी प्रदेशबाट फेरि मौसम बदली शुरू,हल्का र मध्यम वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

कोशी प्रदेशबाट फेरि मौसम बदली शुरू,हल्का र मध्यम वर्षाको सम्भावना

२०८१,०६,१५
कोशी प्रदेशबाट फेरि मौसम बदली शुरू भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश, बाग्मती र गण्डकी प्रदेशसम्म देखिने छ ।मौसमविद् प्रतिभा मानन्धरका अनुसार कोशीदेखि गण्डकी प्रदेशसम्मका केही ठाउँमा पर्सिसम्म बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । विशेषगरी कोशी प्रदेशका धेरै ठाउँमा हल्का र मध्यम वर्षा हुनेछ ।

मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पनि पानी पर्नेछ ।यस्तै सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा पानी पर्ने सम्भावना कम छ । तर ठूलो अनि लगातारको वर्षा भने नहुने मौसमविद् मानन्धरले बताउनुभयो । तर यसअघिको वर्षाले देशका सबै भू–भाग गलेको हुँदा थोरै पानी पर्दा पनि बाढी पहिरोको सम्भावना रहेको छ ।

अहिले देशभर मनसुनी वायुको प्रभाव कायमै छ । भारतको मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव पनि नेपालमा रहेको मानन्धरले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);