काठमाण्डौको माइतीघरमा दलित अधिकारको माग गर्दै प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

पुष १८ २०८१, बिहीबार

काठमाण्डौको माइतीघरमा दलित अधिकारको माग गर्दै प्रदर्शन

२०८१,६,३
संविधान दिवस तथा राष्ट्रिय दिवस अवसरमा ‘दलितका लागि दलित अभियान, नेपाल’ ले संविधानले व्यवस्था गरेका दलितसम्बन्धी विभिन्न हक र अधिकार कार्यान्वयन नगरेको भन्दै काठमाण्डौको माइतीघरमा आज प्रदर्शन गरको छ । सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई विभेद गरिएको भन्दै अभियानले प्रदर्शन गरेको हो ।

पछिल्लो पटक मन्त्रिपरिषद् गठन असमावेशी भएको, राजदूत नियुक्ति गर्दासमेत समावेशी व्यवस्थालाई बेवास्ता गरिएको, जातीय भेदभाव र छुवाछुतको निर्मूल पार्नका लागि सरकारले प्रभावकारी कानुन, नीति, कार्यक्रम र बजेटको समेत प्रबन्ध नगरेको भन्दै युवाहरूले विभिन्न प्ले–कार्डसहित र्‍याली निकालेर दलितलाई खै रु भन्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले सरकारलाई दलितलाई खै  भन्दै प्रश्न गरेका छन । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले करिब एक महिनादेखि माइतीघर मण्डलामा शरीरमा नेल लगाएर दलितलाई खै भन्दै प्रदर्शन गर्दै आउनु भएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);