शेयर बजार २५ सय विन्दुमा ओर्लियो, सात अर्ब ३६ करोड रुपैयाँको शेयर कारोबार | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८१, सोमबार

शेयर बजार २५ सय विन्दुमा ओर्लियो, सात अर्ब ३६ करोड रुपैयाँको शेयर कारोबार

२०८१,५,३१
आज शेयर बजार २५ सय विन्दुमा ओर्लिएको छ । हिजो ५० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ५७ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार पाँच सय ८० दशमलव ७६ विन्दुमा झरेको हो ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, लगानी समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।आज गुडविल फाइनान्स कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ ।

बजार उच्च अङ्कले ओरालो लागेको दिन आत्मनिर्भर लघुवित्त र हिमालयन हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।आज तीन सय १२ वटा कम्पनीका एक करोड ७० लाख कित्ता शेयर सात अर्ब ३६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);