काठमाडौं, १६ माघ । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या बढेको छ ।चालु आर्थिक वर्षको ६ महिनामा गत आथर्कक वर्षको भन्दा न्युन संख्याले पर्यटकको संख्या बढेको हो । निकुञ्जका अनुसार ६७ हजार १ सय २३ जनाले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । जसमध्ये विदेशी ४६ हजार ७ सय ८९, सार्क मुलुकका ७ हजार ४४ र नेपाली १३ हजार २ सय ९० जना पर्यटक निकुञ्ज पुगेका हुन् ।
गत अर्थिक वर्षको यहि अवधिमा ६३ हजार निकुञ्ज पुगेका थिए । पछिल्लो समय नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारका कारण यातायातको सहज नहुँदा सोचे अनुसार पर्यटक निकुञ्ज आउन नसकेको सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए ।




