निजी अस्पतालले पनि बीमाको सुविधा दिने व्यवस्था गर्दैछौँः मन्त्री पौडेल | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८१, शुक्रबार

निजी अस्पतालले पनि बीमाको सुविधा दिने व्यवस्था गर्दैछौँः मन्त्री पौडेल

भदौ २१, २०८१ काठमाडौं ||
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले निजी अस्पतालहरुले पनि बीमाको सुविधा दिनुपर्ने बताउनुभएको छ । शुक्रवार एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले निजी अस्पतालहरुले पनि बीमाको सुविधा दिने व्यवस्था गर्न लागिएको बताउनुभएको हो । उहाँले सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्थाको अन्त्य गर्दै सबै अस्पतालहरुमा बीमा सुविधा हुनुपर्ने बताउनु भयो । त्यसको लागि बीमा बोर्ड शक्तिशाली हुनुपर्ने बताउनु भयो । उहाँले नियमन गर्ने निकाय र कार्यान्वयन गर्ने निकाय फरक–फरक हुनुपर्ने पनि बताउनु भयो । कार्यान्वयन र नियमन एउटै निकायले गर्दा बीमा व्यवस्थित गर्न नसकिने उहाँको भनाई छ ।
उहाँले १० प्रतिशत नागरिकलाई निःशुल्क उपचार गर्ने कुरालाई पारदर्शी बनाएर देखाउन निजी अस्पतालहरुलाई आग्रह गर्नुभयो । उहाँले हरेक दिन के–कति विपन्न नागरिकको उपाचार भयो भन्नेकुरा बेलुका सार्वजनिक गर्न आग्रह गर्नुभयो । उहाँले विपन्न नागरिकलाई कसैको सिफारिसमा भन्दापनि नीति बनाएर सोही अनुरुप पारदर्शी ढंगले सेवा दिनुपर्ने बताउनु भयो ।
उहाँले बीमा कार्यान्वयनमा देखिएको समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बीमाको स्रोत सुनिश्चितता गर्ने, फेक क्लेम हुन नसक्ने र अनियमितता गर्न नसक्ने गरि व्यवस्थापन गर्नुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);