बीआरआई परियोजनामा सरकारसँग भएको सम्झौताअनुसार अघि बढ्छुः चीनका लागि प्रश्तावित राजदुत ओली | ईमाउण्टेन समाचार

Our Network

साउन १ २०८३, शनिबार

बीआरआई परियोजनामा सरकारसँग भएको सम्झौताअनुसार अघि बढ्छुः चीनका लागि प्रश्तावित राजदुत ओली

भाद्र १६,काठमाडौँ

चीनका लागि प्रश्तावित राजदुत प्राध्यापक डाक्टर कृष्णप्रसाद ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा आफूले नेपाल सरकारले गरेका निर्णय कार्यान्वयन गर्दै अघि बढ्ने बताउनुभएको छ ।सो परियोजनाबारे सरकारले गरेको निर्णय कार्यान्वयनका लागि प्रयत्नशील रहने राजदुतको रुपमा आफ्नो भुमिका हुने उहाँको कार्ययोजना थियो । आईतवार संसदीय सुनुवाईको क्रममा प्रश्तावित राजदुत ओलीले सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेपालले उत्तर–दक्षिण कनेक्टिभिटी परिचालन गर्नका लागि ट्रान्स हिमालयन कनेक्टिभिटीमा टेकेर पनि अघि बढ्नसक्ने धारणा राख्नुभयो ।

उहाँले चिनियाँ पर्यटकहरुलाई नेपाल भित्र्याउने काममा पनि आफू दत्तचित्त भएर लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । चीनमा २१ प्रतिशत बुद्धिष्टहरु रहेको उल्लेख गर्दै प्रस्तापवित राजदुत ओलीले उनीहरुलाई नेपालमा पर्यटकको रुपमा भित्र्याउने काममा पनि आफूले सहजीकरण गर्ने बताउनु भयो । तातोपानी भन्सार निरन्तर सञ्चालनमा ल्याउनका लागि आफूले राजदुत हुनेबित्तिकै पहल गर्ने पनि प्रश्तावित राजदुत ओलीको भनाई थियो । राजदुत ओलीले लुम्बिनी र पोखरामा चिनियाँ पर्यटकहरुले आफ्नो गन्तव्य बनाउने भएकाले त्यसमा पनि आफूले जोड दिने बताउनु भयो ।

अघिल्लो समाचार

पछिल्लो समाचार

Leave a Reply

ताजा समाचार