प्रचण्डलाई प्रधानमन्त्री ओलिको प्रश्नः मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १४ २०८१, बुधवार

प्रचण्डलाई प्रधानमन्त्री ओलिको प्रश्नः मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ?

भाद्र, १५ काठमाडौं ||
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बंगलादेश र श्रीलङ्काको जस्तो अवस्था नआउने बताउनुभएको छ ।
शनिवार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित एक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बंगलादेश र श्रीलङ्काको घटनाबाट सिक भन्ने अर्ति, उपदेश दिएको भन्दै मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? भनि प्रश्न गर्नुभयो । उहाँले आफूले लुटपाट नगरेको भन्दै खुट्टा कमाउनु नपर्ने बताउनु भयो । उहाँले दाहाल आफैँलाई बंगलादेश र श्रीलङ्काबाट सिक्न आग्रह गर्नुभयो । उहाँले नेपालमा बेथिति चलाउन नसिकिने भन्दै बंगलादेशमा जे भयो नेपालमा पनि त्यही हुन नेपाल कुनै देशको फोटोकपी मेसिन नभएको बताउनु भयो । उहाँले वर्तमान व्यवस्था आफूहरुले लडेर ल्याएको भन्दै यसको विकास र परिमार्जन गर्दै लाने बताउनु भयो । उहाँले नेपालमा अब कुनैपनि प्रकारको हिंसा सम्भव नभएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले आफ्नो प्रधानमन्त्रीको कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्रै बाँकी रहेको बताउनु भयो । उहाँले त्यसभन्दा हप्ता दिन अगाडी नै प्रधानमन्त्री पद छोड्ने बताउनु भयो । उहाँले आफूलाई बढी प्रधानमन्त्री पद खाने भन्दा पनि समयमै हस्तान्तरण गरौँ भन्ने
कार्यक्रममा प्रधानमन्त्री ओलीले नेकपा(एमाले) र नेपाली काँग्रेसका बीचमा भएको सात बुँदे सहमती क्याप्टेन रामेश्वर थापाको घरमा गरेको बताउनु भयो । उहाँले क्याप्टेन थापाको विभिन्न व्यवसायहरु भएपनि व्यवसाय मात्रै चलाएर नबसेको भन्दै उहाँ सचेत नागरिक समेत भएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);