६ वर्षमा ६५ किलो तौल | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८१, शनिबार

६ वर्षमा ६५ किलो तौल

भाद्र, १५ ईलाम ||
टीका खतिवडा ||
अत्याधिक तौल हुनु वा ज्यादै पातलो हुनु दुवै स्वास्थ्यका लागि हानिकारक मानिन्छ । तर इलाम नगरपालिका ५ बरबोटेका दीप्सन काफ्लेको तौल असामान्य रुपले बढेको छ । तौल वढि भएकै कारण दैनिकीमा मात्र समस्या भएको छैन, बाहिर भित्र गर्न नै उहाँलाई समस्या हुने गरेको छ । विद्यालय जान पनि अभिभावकको साथ चाहिन्छ । जन्मदाँ उहाँको तौल ठीकै अर्थात साढे तीन किलोग्राम थियो । तर जन्मिएको एक महिना पछि भने उहाँको तौल असामान्य तरिकाले बढ्न थालेको हो । अत्याधिक मोटोपनकै कारण सामान्य हिँडडुल गर्दा पनि पसिना आउने र स्वास्प्रस्वास बढ्ने गरेको छ । बुबा सीताराम र आमा निर्मलालाई छोराको तौल अस्वभाविक रुपमा बढ्दै गएकोमा ठुलो चिन्ता छ । कुनै रोगका कारण मोटोपन भएको हो कि भनेर सो परिवारले नेपालका बिभिन्न अस्पतालसहित भारतको सिलिगुढीसम्म गएर उपचार समेत गराईसकेको छ । तर हालसम्म चिकित्सकहरुले पनि कुनै रोग पत्ता लगाउन सकेका छैनन् । जन्मिएको एक महिनादेखि नै अस्वभाविक रुपमा तौल बढ्न थालेपछि विभिन्न अस्पतालमा जाँच गराउन पुर्याए पनि उपचार नलागेको आमा निर्मला अधिकारी काफ्लेको भनाई छ ।
परिवारको आर्थिक अवस्थासमेत सामान्य रहेकाले सो परिवारलाई उपचार गराउनसमेत समस्या हुन थालेको छ । एक जनाले अनिवार्य हेरचाह गर्नु पर्दछ । विद्यालय पुर्याउन र ल्याउन मात्र नभई हरेक समय हेरचाहमा लाग्नु पर्ने भएकाले बाहिरको काम गर्न नसकेका कारण थप समस्या भएको छ । एक स्वस्थ्य बच्चाको तौल सो उमेरमा करिव २० किलो हुनुपर्ने चिकित्सकहरुको भनाई छ । तर उहाँको तौल भने उमेर अनुसार हुनु पर्ने भन्दा तीन गुणा भन्दा पनि बढी भईसकेको छ । साथै तौल बढ्ने क्रम निरन्तर जारी छ । आफुले उपचारमा सक्दो प्रयास गरेपनि सम्भव नभएपछि उहाँको परिवारले उपचारमा सहजिकरण गरिदिन सबैलाई आग्रह गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);