नेपाल एयरलाइन्सका सबै जहाजहरु ग्राउण्डेड भएकोप्रति आशंका छः सांसद झा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १ २०८१, शनिबार

नेपाल एयरलाइन्सका सबै जहाजहरु ग्राउण्डेड भएकोप्रति आशंका छः सांसद झा

भाद्र १३, २०८१ बिहीबार
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाल एयरलाइन्सका सबै जहाजहरु ग्राउण्डेड भएको भन्दै आवश्यक कदम लिनका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले नेपाल एयरलाइन्सका सबै जाहाजहरु ग्राउण्डेड भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले सि चेकको लागि एक महिनाको लागि जहाज विदेश पठाएको भएपनि इटालीमा ९० दिनदेखि राखिएको बताउनु भयो ।

उहाँले इटालीमा दैनिक ५ करोड रुपैयाँ पार्किङ शुल्क तिरेर घाटा व्यहोरिरहेको भन्दै यसप्रति कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले चाडपर्वको बेलामा अन्य निजी कम्पनीहरुसँग नाफा खानाका लागि एयरलाइन्सको जहाज ग्राउण्डेड गरिएको हो कि भन्ने आशंका पनि उब्जिएको बताउनु भयो । उहाँले हवाइ क्षेत्रको अध्ययन नगरेको व्यक्तिलाई राजनीतिक पहुँचको आधारमा सो क्षेत्रमा नियुक्ति दिलाउँदा पनि हवाइ क्षेत्रको अवस्था यस्तो बनेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);