क्यानडा पराजित | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १५ २०८१, बिहीबार

क्यानडा पराजित

२०८१,५,१२

नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक टि(ट्वान्टी आई सिरिजमा क्यानडामाथि अमेरिकाले २० रनको जित निकालेको छ।अमेरिकाले दिएको १ सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४८ रन मात्र बनायो।क्यानडाका लागि दिलप्रित बाज्वाले ४१ बलमा ६ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ५६ रन जोडे । श्रेयस मोभ्भाले ३० बलमा ३७, डिलोन हेलिङ्गरले ११ बलमा २० तथा हर्ष ठाकरले १३ रन बनाए । अमेरिकाका नोस्तुश केङजीके, शाड्ली भान र आरोन जोन्सले समान २ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रनको योगफल बनाएको थियो।अमेरिकाका साईतेजा मुकामुल्लाले २७ बलमा ८ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ५२ रन जोडे । हरमित सिंहले २४, कप्तान मोनांक पटेलले १६, आन्द्रेस गौसले २१, नितिश कुमारले १४ तथा सयन जाहाङ्गीर र शाड्ली भानले समा १५ रन बनाए।

क्यानडाका लागि साद विन जाफरले ३, डिलेन हेलिङ्गरले २ तथा कलिम सानाले १ विकेट लिए। सिरिजको छैटौं तथा अन्तिम खेलमा बुधबार नेदरल्यान्ड्स र अमेरिकाबीच खेल हुँदैछ। त्यो खेलको विजेता टोलीले नै सिरिज जित्नेछ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);