सरकारले भूकम्प प्रभावित क्षेत्रको पुननिर्माणमा तिब्रता दिनुपर्छः जनार्दन शर्मा | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८१, शनिबार

सरकारले भूकम्प प्रभावित क्षेत्रको पुननिर्माणमा तिब्रता दिनुपर्छः जनार्दन शर्मा

भाद्र ११, २०८१ मंगलबार

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले जाजरकोट लगायतका जिल्लाहरुमा भूकम्पपछिको पुनर्निर्माणको कामलाई तिब्रता दिनेगरी आवश्यक जनशक्तिको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ | मंगलवार बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उहाँले सो माग गर्नुभएको हो । उपमहासचिव शर्माले पुनःनिर्माणको काममा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले रुकुम पश्चिमस्थित चौरहजारी टार सिंचाई आयोजना तत्काल सुचारु गराउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । धानबालीका लागि अति आवश्यक सो सिंचाई बाढी र पहिराले अवरुद्ध भएकाले त्यसलाई सरकारले तत्काल सुचारु गराउनुपर्ने उपमहासचिव शर्माको भनाई थियो ।

उहाँले बाढी र पहिरोले जोखिममा परेका बस्तीलाई सुरक्षित स्थानमा सार्ने काममा पनि विशेष ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो । उपमहासचिव शर्माले सरकारले बाढी, पहिरोले जोखिममा पारेका बस्तीका मानिसहरुको सुरक्षित स्थानमा सार्ने काममा ढिलाई गरेकोमा असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);