सहकारी संसदीय विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सोधपुछ गर्ने | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

सहकारी संसदीय विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सोधपुछ गर्ने

भाद्र ७, २०८१ शुक्रबार

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानएवं गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि आज बोलाएको छ । गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध
निर्देशकसमेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई समितिले दिउँसो २ बजे सोधपुछका लागि बोलाएको हो । लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समिति सभापति सूर्य थापाले जानकारी दिनु भएको छ । लामिछानेसँगै सञ्चालक छविलाल जोशीलाई पनि आज नै सोधपुछका लागि बोलाइएको छ ।

सञ्चारकमी हुँदा रवि लामिछानेले विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप छ । पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख‚ बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको तथ्य फेलापरेपछि रविसँग सोधपुछ गरिने भएको हो ।

Leave a Reply