नेपाल कानून व्यवसायी परिषद् विधेयकमा नेपाल लयर्स एकेडेमी गठन गर्ने विषय मुख्य होः कानूनमन्त्री | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

नेपाल कानून व्यवसायी परिषद् विधेयकमा नेपाल लयर्स एकेडेमी गठन गर्ने विषय मुख्य होः कानूनमन्त्री

भाद्र ६, २०८१ बिहीबार

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयकमा नेपाल लयर्स एकेडेमी गठन गर्ने विषय मुख्य रहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा सांसदहरुले छलफलका क्रममा उठाउनुभएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा गहन छलफल भएको र अझै परिष्कृत बनाउनुपर्ने बताउनु भयो ।

उहाँले कानून व्यवसायीहरुलाई दक्ष बनाउने कुरा, तालिम दिने र ग्रेजुएटसम्मको पाठ्यक्रम बनाएर शिक्षा दिने कुराहरुको व्यवस्था विधेयकमा रहेको उल्लेख गर्नुभयो । मन्त्री चौरसियाले विधेयकमा कानून व्यवसायीहरुलाई अनुशासनको कारबाही गर्नुपरे र सचेत गराउनुपरे एशोसिएशनले कारबाही गर्नेकुराको व्यवस्था गरेको उल्लेख गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);