प्रतिनिधि सभाको बैठक केहिबेर अबरुद्ध फेरी बोल्न दिएपछि हट्यो अवरोध | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

प्रतिनिधि सभाको बैठक केहिबेर अबरुद्ध फेरी बोल्न दिएपछि हट्यो अवरोध

काठमाडौं, २९ साउन

पछिल्लो समय गतिरोध विना चलिरहेको प्रतिनिधि सभाको बैठक मंगलबार भने केहि अवरोध भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद हरि ढकालले प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोलिरहेका बेला सभामुख
देवराज घिमिरेले माइकको लाइन काटेपछि त्यसको विरोधमा केहिबेर संसद बैठक अवरुद्ध भएको हो । सांसद ढकाललाई सभामुखले ३ मिनेटको समय दिएपछि सुरूमा यातायात क्षेत्रबारे कुरा राख्नु भयो । त्यसपछि विद्युत महसुलसम्बन्धी बोल्न थाल्नु भयो ।

यही बेला सभामुख घिमिरेले आकस्मिक समयमा बोल्ने भनेको बाहेक विषय उठान गरेको भन्दै माइकको लाइन काटिदिनुभयो

त्यसपछि रास्वपा, राप्रपालगायत दलका सांसदहरू उठेर विरोध जनाए । सभामुख घिमिरेले रास्वपा सांसद रवि लामिछाने
र राप्रपा सांसद राजेन्द्र लिङ्देनलाई बोल्न समय दिनुभयो । उनीहरूले सांसदले आकस्मिक समयमा बोल्ने विषयबारे सभामुखले हस्तक्षेप गर्न नहुने भन्दै आक्रोश पोखे ।

त्यपछि रास्वपा र राप्रपा सांसदहरु उठेर संसद अवरोध गरिरहे । सभामुखले बस्न आग्रह गर्दा पनि उनीहरु मानेनन् । केहीबेरमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसदहरु पनि उठे । केही बेरपछि सभामुख घिमिरेले सांसद ढकाललाई आफ्ना कुरा राख्न फेरि समय दिनुभयो ।
सांसद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै उद्योगहरूमा काटेको लाइन जोड्न निर्देशन दिएजस्तै बक्यौता रकम उठाउन पनि त्यसैगरी निर्देशन दिन आग्रह गर्नुभयो । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);