फ्रान्सको पेरिसमा ३३औँ ग्रीष्मकालीन ओलम्पिक आजदेखि सुरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

साउन २४ २०८१, बिहीबार

फ्रान्सको पेरिसमा ३३औँ ग्रीष्मकालीन ओलम्पिक आजदेखि सुरु हुँदै

साउन ११, २०८१ फ्रान्सको पेरिसमा आजदेखि ३३औँ ग्रीष्मकालीन ओलम्पिक प्रतियोगिता सुरु हुँदैछ ।

सबैभन्दा ठूलो खेलकुद मेला ओलम्पिकको ३३औँ संस्करण धुमधामका साथ आयोजना गर्न फ्रान्सको राजधानी पेरिसमा पूर्ण रूपमा तयारी गरिएको छ ।

यस ओलम्पिकमा चार नयाँ खेल ब्रेकिङ, स्पोर्ट क्लाइम्बिङ, स्केटबोर्डिङ र सर्फिङ समावेश गरिएको छ  । ब्रेकिङले भने ओलम्पिकमा पहिलो पटक समावेश भएको हो ।

दुई सयभन्दा बढी देशका खेलाडी ३२ खेलमा प्रतिस्पर्धाका लागि उत्रनेछन्  । ३० हजार स्वयंसेवक परिचालन गरिएको छ  ।

डोपिङ टेस्टका लागि मात्र छ हजार कर्मचारी हुनेछन्  । ओलम्पिकका लागि पेरिसमा मात्रै १५ खेलस्थल तयार पारिएको छ  । जहाँ ३२ मध्ये २१ खेल सञ्चालन गरिनेछ  । अन्य खेल पेरिस आसपासका शहरमा सञ्चालन गरिने जनाइएको छ । १७ दिन चल्ने खेल मेलामा ३२९ इभेन्ट्स हुनेछन्  ।
पेरिस ओलम्पिक एक करोड तीस लाखले प्रत्यक्ष हेर्ने अनुमान गरिएको छ  । टेलिभिजनमार्फत् चार अर्बले ओलम्पिक हेर्ने दाबी पनि आयोजकको छ  । पेरिस ओलम्पिकका लागि ८० लाख टिकट बिक्री भइसकेको छ  ।

ग्रीष्मकालीन ओलम्पिकको इतिहासमै पहिलोपटक रंगशालाबाहिर उदघाटन समारोह हुदैंछ ।

फ्रान्सको सबैभन्दा प्रख्यात नदी सेनमा ।  पेरिस भएर पूर्वबाट पश्चिमतर्फ बग्ने शेन नदीमा उद्घाटन समारोह हुनेछ । सहभागी हुने खेलाडीको परेड डुंगामा हुनेछ र प्रत्येक देशका लागि एक डुंगा छुट्याइएको छ ।

यस परेडमा १० हजारभन्दा बढीको सहभागिता हुनेछन् । परेड कुल ६ किलोमिटरको दूरीमा चल्नेछ । उद्घाटन समारोह नेपाली समयअनुसार आज राती सबा ११ बजेदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन समारोहमा चर्चित अमेरिकी गायिका तथा अभिनेत्री लेडी गागाले सांगीतिक प्रस्तुति दिने तय भएको छ ।
पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडी सहभागि छन् । टेबलटेनिसकी स्यान्टु श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

उद्घाटनको मार्चपासमा नेपालको झण्डा स्यान्टु र मनिताले संयुक्त रूपमा बोक्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ । सबे खेलका प्रशिक्षक भएपनि ब्याडमिन्टनका प्रिन्सले भने प्रशिक्षकबिना खेल्ने छन् । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);