२१ वर्षअघि देखि सञ्चालनमा आएको थियो दुर्घटनामा परेको सौर्यको जहाज | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८१, शनिबार

२१ वर्षअघि देखि सञ्चालनमा आएको थियो दुर्घटनामा परेको सौर्यको जहाज

श्रावण ९, २०८१ काठमाडौँ । काठमाडौँको त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाज करिब २ दशकअघि सञ्चालनमा आएको पाइएको छ ।

काठमाडौँबाट पोखरा उडान भर्ने क्रममा सौर्य एअरलाइन्सको  9N-AME CRJ 200 कलसाइन कलसाइन जहाज विमानस्थलमा दुर्घटनामा परेको हो ।

जहाजहरुको विवरण दिने एअरफिल्ट्स डटकमका अनुसार सन् २००३ मा क्यानडाको बम्बार्डिअर एअरलाइन्सले पहिलोपटक सञ्चालनमा ल्याएको उक्त जहाज त्यसको १ महिनापछि अमेरिकाको एट्लान्टिक कोस्ट एअरलाइन्सले सञ्चालन गरेको थियो ।

त्यसको करिब डेढ वर्षपछि अर्थात सन् २००४ अगष्ट ४ देखि सोही जहाज अमेरिकाकै इन्डिपेन्डेन्स एअरलाइन्सले चलाएको थियो । करिब ३ वर्षपछि अर्थात सन् २००७ जुन १४ बाट उक्त जहाज नाइजेरियाको एरिक एअरलाइन्सले चलाएको थियो ।

सोही जहाज २००८ देखि दक्षिण अफ्रिकाको साउथ अफ्रिकन एक्स्प्रेस एअरवेजले सञ्चालन गरेको थियो भने उक्त जहाज २०१६ मा स्टोर गरिएको थियो । स्टोर भएको ५ महिनापछि उक्त जहाज नेपालको सौर्य एअरलाइन्सले खरिद गरेर सञ्चालनमा ल्याएको थियो ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);