मौद्रिक नीति आज नआउने | ईमाउण्टेन समाचार

Our Network

साउन २६ २०८१, शनिबार

मौद्रिक नीति आज नआउने

शुक्रबार, साउन ४, २०८१  नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक नगर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकको व्यवस्थापन समितिबाट पारित गरेर अर्थमन्त्रीलाई समेत मौद्रिक नीतिबारे ब्रिफिङ गरेर आज सार्वजनिक गर्ने तयारी गरेको भएपनि केहि दिनलाई रोकिएको हो । मौद्रिक नीति सार्वजनिक गर्न आज बिहान सञ्चालक समिति बैठक डाकिए पनि मौद्रिक नीतिको एजेन्डा भने नराखिएको बताइएको छ । तयारी नपुगेको भन्दै आजलाई मौद्रिक नीति रोकिएको भनीएको छ ।

आज मौद्रिक नीतिलाई नै भनेर बैंकको नयाँ भवनमा सबै तयारी गर्न गभर्नर अधिकारीले निर्देशन नै दिइसक्नु भएको थियो । १० वर्षपछि आफ्नै भवनबाट मौद्रिक नीति सार्वजनिक गर्ने तयारी थियो ।

तर, प्रधानमन्त्री ओलीले बिहीबार मात्रै नियुक्त गर्नुभएका विकास सल्लाहकारमा  डा युवराज खतिवडालाई मौद्रिक नीतिबारे ब्रिफिङ गर्नु परेकोले सार्वजनिक नभएको बताइएको छ । पूर्व अर्थमन्त्री र गर्भनरसमेत रहिसकेका खतिवडालाई मौद्रिक नीतिबारे ब्रिफिङ गरेपछि मात्रै मौद्रिक नीति सार्वजनिक हुने छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कर्जा विस्तार गर्ने गरी मौद्रिक नीतिको मस्यौदा तयार गरेको छ । बैंकमा लगानी योग्य रकम थुप्रने क्रम बढ्दै गएकाले कर्जा बढाउने नीतिका साथ मौद्रिक नीति ल्याउन लागिएको हो ।

अर्थतन्त्र शिथिल बनिरहेको र बैंक तथा वित्तीय संस्थाबाट पुँजी प्रवाह नभइरहेको अवस्थामा मौद्रिक नीतिले कस्तो कार्यदिशा लिन्छ भन्ने आमचासो बनेको छ । अर्थमन्त्रीको चाहनाअनुसार राष्ट्र बैंकले यस पटक लचिलो मौद्रिक ल्याउने अपेक्षा गरिएको छ ।

विशेष गरेर घरजग्गा र शेयर कारोबार तथा बैंकको कर्जा तिर्नको लागि लचिलो मौद्रिक नीति आउनेगरी मस्यौदा तयार भएको बताइएको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);