भिसा अन्तर्वार्ताको मिति अघि सार्न अमेरिकी दूतावासमा लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख इन्दिरा राना विवादमा | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८१, शुक्रबार

भिसा अन्तर्वार्ताको मिति अघि सार्न अमेरिकी दूतावासमा लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख इन्दिरा राना विवादमा

पार्टी र संसद् सचिवालयसँग असम्बन्धितलाई भिसाको लागि अन्तर्वार्ताको मिति मिलाइदिन अमेरिकी दूतावासमा लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख इन्दिरा राना विवादमा पर्नुभएको छ ।

आफ्नो टोलीको सदस्य भन्दै ५ जनाको अन्तर्वार्ताको समय अगाडि सारिदिन काठमाडौंस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख इन्दिरा राना विवादमा पर्नु भएको हो ।

आफ्नो लेटरहेड प्रयोग गरी भिसाका लागि अन्तर्वार्ताको समय मिलाइदिन उपसभामुखले पत्र लेखनु भएको हो । आफूसँगै अन्य पाँच जना पुरुषलाई भिसाका लागि उपसभामुख रानाले गरेको सिफारिशमा उनीहरुको भूमिकाबारै केही खुलाइएको छैन ।

सामुख देवराज घिमिरेले विषय गम्भीर भएको भन्दै सोधपुछ सुरु गरेको बताइएको छ । उपसभामुख रानाले भने एक वर्ष पछाडि यो विषय किन उठाएको बुझ्न नसकेको प्रतिक्रिया दिनुभएको छ ।

उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्र झण्डै १७ महिनापछि हालै मात्र सार्वजनिक भएको हो । आफ्नो टिमको सदस्य भन्दै भिसाका लागि लिने पत्रबारे सभामुख देवराज घिमिरेले चासो राख्नु भएको छ ।

संवैधानिक परिषद्को सदस्यसमेत रहेकी उपसभामुखको पत्रबारे उच्च राजनीतिक नेतृत्वले समेत चासो देखाएका छन् । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);