आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड नेपाललाइ | ईमाउण्टेन समाचार

Our Network

साउन २६ २०८१, शनिबार

आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड नेपाललाइ

साउन ३, २०८१ बिहीबार नेपालसहित ६ वटा देशले आईसीसी डेभलपमेन्ट अर्वाड्स पाएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले प्रदान गर्ने अवार्ड अन्तर्गत नेपालले ’आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड जितेको हो ।

पछिल्लो वर्ष नेपाली क्रिकेट टिमका समर्थक उल्लेख्य रूपमा बढेका र फ्यानबेस फेसबुकलगायतका सामाजिक सञ्जालमा चार सय प्रतिशतभन्दा बढीको पहुँचमा पुगेको आईसीसीले जनाएको छ ।

यसअघि नेपालले यही विधामा एसिया क्षेत्रको अवार्ड जितेको थियो । घरेलु मैदानसहित विदेशमा भएका खेलमा नेपाली समर्थकको उपस्थितिले विश्वको ध्यान तानेको थियो ।

यस्तै ’आईसीसी डेभलपमेन्ट इनिसिएटिभ अफ द इयर’ अवार्ड मेक्सिको क्रिकेट एसोसिएशनले, ’हन्ड्रेस पर्सेन्ट क्रिकेट फिमेल क्रिकेट इनिसिएटिभ अफ द इयर’ अवार्ड ओमानले, ’आईसीसी एसोसिएट मेम्बर मेन्स पर्फमेन्स अफ द इयर’ अवार्ड नेदरल्यान्ड्सले, ’आईसीसी एसोसिएट मेम्बर वुमन्स पर्फमेन्स अफ द इयर’ अवार्ड यूएई र ’क्रिकेट फर गुड सोसल इम्प्याक्ट इनिसिएटिभ अफ द इयर’ अवार्ड स्कटल्यान्डले जितेका छन् ।

एसोसिएट सदस्यले क्रिकेटको विकासका लागि गरेका प्रयासहरूलाई प्रोत्साहन गर्न आईसीसीले अवार्ड दिँदै आएको छ ।०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);