आज आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी,आँगनमा तुलसीरोपण गरेर मनाउदै | ईमाउण्टेन समाचार

Our Network

भदौ ११ २०८१, मंगलबार

आज आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी,आँगनमा तुलसीरोपण गरेर मनाउदै

२०८१ श्रावण २ आज आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी, सनातन धर्मावलम्बी आँगनमा तुलसीरोपण गरेर मनाउदै छन् ।

आज ३१–४५ घडीपला एकादशी तिथि रहेको पञ्चाङ्गमा उल्लेख छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको तुलसीको बिउबाट तयार भएको तुलसीको बिरुवा हरिशयनी एकादशीका दिन सार्ने परम्परा छ ।

आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान् विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने परम्परा छ । यो अवधिलाई चतुर्मास भनिन्छ। कार्तिक शुक्ल हरिबोधिनी एकादशीमा तुलसीविवाह गरेपछि चतुर्मास सम्पन्न हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने मान्यतास्वरूप चार महिनासम्म विशेष मांगलिक कार्य गरिँदैन। यो अवधिमा भगवान् विष्णुसँग सम्बन्धित व्रत–उपवास र पूजापाठलाई महत्त्व दिइन्छ ।

वर्षमा पर्ने २४ एकादशीमध्ये हरिशयनी रहरिबोधिनी एकादशीलाई विशेष महत्त्व दिइन्छ । वैष्णव धर्म लिएकाहरूले एकादशीलाई विशेष महत्त्व दिए पनि स्मृति मान्नेहरूले यसलाई सामान्य किसिमले मनाउँछन् ।

आयुर्वेदिक औषधिका रूपमा समेत तुलसीको उपयोग गरिन्छ । धेरै अक्सिजन फ्याँक्ने वनस्पतिका रूपमा तुलसीको महत्त्व छ ।

हरिशयनी एकादशीका अवसरमा राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको बाक्लो उपस्थिति छ ।

एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । ००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);