रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु , १ जना बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८१, बुधवार

रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु , १ जना बेपत्ता

रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

राति आएको बाढीले रुकुम पश्चिम आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु भएको हो ।

घटनामा परी एक जना बेपत्ता भएको र सात जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्की रहेका छन् ।

घटनामा परेर डिल्ली बहादुर बुढाथोकी बेपत्ता भएका छन । घाइते हुनेमा १० वर्षीय विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, ४ वर्षीय मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी रहेको छन् ।

उनिहरुको आठविसकोटस्थित नगर अस्पतालमा उपचार भइरहेको छ । आठबिसकोटस्थित गिजागार खोलामा आएको बाढीले त्योसहित अन्य स्थानका घर र घट्ट समेत बगाएको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);