त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न सरकारले माग्यो भारत र बंगलादेशको सहयोग | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०८१, सोमबार

त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न सरकारले माग्यो भारत र बंगलादेशको सहयोग

असार ३१, २०८१ त्रिशूली नदीमा चार दिनदेखि हराइरहेका दुई वटा बस र तीनमा सवार यात्रुहरुको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहयोग मागेको छ ।..
गृहसचिव एकनारायण अर्यालसहित सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि गृह मन्त्रालयका अधिकारीहरुले भारत र बंगलादेशका अधिकारीहरुसँग सम्पर्क गरी सहयोग मागेका हुन् ।

नेपालमा उपलब्ध सबै खालका प्रविधि र जनशक्ति प्रयोग गरेर खोजी भईरहेको भएपनि खोजी कार्यमा थप सहयोग गर्न भारत र बंगलादेशलाई आग्रह गरिएको बताईएको छ । उनीहरुलाई घटनास्थलको अवस्था र पानीको बहावको वेग लगायतका विषयमा जानकारी पठाइ सकिएको छ ।

बंगलादेशको दूतावासमा विपद हेर्ने छुट्टै कर्मचारीहरु हुने भएकाले बंगलादेशसँग भने काठमाडौंस्थित दूतावासमार्फत् सम्पर्क गरेर आवश्यक प्रविधि र जनशक्तिको पनि सहयोग मागिएको छ ।

बंगलादेशका गोताखोर उद्धारमा उत्कृष्ट मानिन्छन् । तर बंगलादेशको टोलीले जलप्रवाह तीव्र भएको स्थानमा खोज्ने गरेको छैन । दूतावासका कर्मचारीहरुले पनि त्रिशूलीजस्तो तीव्र बहाव भएको नदीहरुमा उद्धारको अनुभव नभएको बताएका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार खसेको पहिरोले दुई वटा बसलाई त्रिशूली नदीमा खसालेको थियो । सोही दिनदेखि ती बस र बसमा सवार वेपक्ता यात्रुहरुको खोजी कार्य जारी राखिएको छ । हालसम्म केहि शव मात्र फेला परेको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);