संविधान संशोधन गरेर १३ प्रतिशत हिस्सा दलितलाई दिऊँ, प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

असार २९ २०८१, शुक्रबार

संविधान संशोधन गरेर १३ प्रतिशत हिस्सा दलितलाई दिऊँ, प्रधानमन्त्री

२८ असार २०८१, शुक्रबार काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गर्ने भए दलितको जनसंख्या अनुसारको अनिवार्य प्रतिनिधित्व गर्न नेपाली काँग्रेस र नेकपा एमालेसँग आग्रह गरेका छन्। शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले संविधान संशाधेन गर्ने भए प्रत्यक्ष कार्यकारीमा जान आह्वान गरे।

उनले अँध्यारो कोठाको रातिको प्रश्ताव नभई नेकपा ९माओवादी केन्द्र० को संसदमा गरिएको प्रश्ताव भएको बताए। यसका लागि काँग्रेस र एमाले तयार हो की होइनरु भन्दै प्रश्न गरे। उनले निराधार आरोप लगाएर संसदका दुई प्रमुख प्रतिष्पर्धी पार्टी रहस्यमय रूपमा एक ठाउँमा उभिएको बताए। उनले काँग्रेस र एमालेको सहकार्यले स्थिरताका नाममा समावेशी प्रतिनिधित्व समाप्त गर्न खोजेको गन्ध आएको बताए।

अस्थिरताको कारण देखाएर तपाईहरूले समावेशी र समानुपातिक प्रतिनिधित्व अनि साना दलहरूको अस्तित्व समाप्त पार्न खोजेको स्पष्ट देखिएको बताए। केही पश्चिमी देशहरूको नक्कल गरेर नेपाललाई पनि दुई दलीय बनाउने कसरत भइरहेको बताए।

प्रधानमन्त्री दाहालले सरकारका उपलब्धिहरूको सूची धेरै लामो भएको बताए।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);