सुनको भाउ तोलामा ८ सयले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

साउन ११ २०८१, शुक्रबार

सुनको भाउ तोलामा ८ सयले बढ्यो

काठमाडौं । सुनको भाउ तोलामा आज ८ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँ रहेको सुन आज १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि साताको पहिलो दिन आइतबार सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार ४ सय रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ हजार ८ सय ७० रुपैयाँ रहेको चाँदी आज १ हजार ८ सय ८५ रुपैयाँ कारोबार भइरहेकोे महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);