आजदेखि नेपाल आसपास उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुँदै, मनसुन फेरी सक्रिय | ईमाउण्टेन समाचार

Our Network

असोज २२ २०८१, मंगलबार

आजदेखि नेपाल आसपास उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुँदै, मनसुन फेरी सक्रिय

आजदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुने सम्भावनासँगै मनसुन फेरी सक्रियहुने देखिएको छ ।

देशभर मनसुन सक्रिय रहेकोले बुधबारातिदेखि धरै ठाउँमा पानी परिरहेको छ । विशेषगरी गण्डकी प्रदेशमा मुसलधारे पानी परेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै कास्कीमा १ सय ६९ दशमलव ४ मिलिमिटर पानी परेको छ ।

महोत्तरीमा १ सय ४३ दशमलव ४ , गोरखामा १ सय १० दशमलव ८ , पर्वतमा ८८ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर ठाउँको आसपास र पूर्वमा सरदरभन्दा उत्तरतर्फ रहेको र मनसुन न्यूनचापीय रेखा नेपालतिर सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी दुवै प्रणालीको प्रभावले शनिवार बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना देखिएकोले सतर्कताका लागि महाशाखाले अनुरोध गरेको छ ।

शनिबारसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई ठाउँमा वर्षा तथा कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाको बुलेटिन अनुसार नेपालका ४३ जिल्लालाई उच्च जोखिममा र २६ जिल्लालाई मध्यम जोखिमको सूचीमा रहेका छन् । कर्णालीका डोल्पा, कालिकोट, मुगु, जुम्ला र हुम्ला तथा सुदूरपश्चिमका बाजुरा, दार्चुला र बझाङ जिल्ला भने न्यून जोखिममा छन् ।०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);