नेकपा एमालेका अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच ओली निवास बालकोटमा भेटवाता | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

नेकपा एमालेका अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच ओली निवास बालकोटमा भेटवाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओलीलाई भेट्न सभापति देउवा श्रीमती आरजु देउवा राणासहित बालकोट पुग्नु भएको थियो ।

भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताईएको छ । एमाले अध्यक्ष ओलीका प्रेस संयोजकका अनुसार उहाँहरुबीच समसामयिक राजनीतिक विषय, देशको वर्तमान अवस्था र विभिन्न विषयमा छलफल भएको हो ।

करिब ३ घण्टासम्म एमाले अध्यक्ष ओलीसंग बालकोटमा बस्नु भएका देउवा दम्पत्तिको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);