नेकपा एकीकृत समाजवादीकोे महाधिवेशन आजदेखि सुरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

नेकपा एकीकृत समाजवादीकोे महाधिवेशन आजदेखि सुरु हुँदै

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एकतावद्ध भएर महाधिवेशन सम्पन्न गर्ने संकल्प लिएको बताउनुभएको छ ।

आजदेखि सुरुहुने पार्टीको राष्ट्रिय महाधिवेशनको सन्दर्भ पारेर काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले पार्टीका सबै नेता, कार्यकर्ताले एकतावद्ध भएर महाधिवेशन सम्पन्न गर्ने संकल्प लिएको बताउनुभएको हो । कम खर्चमा महाधिवेशन गर्ने भन्दै उहाँले सबै तयारी सकिएको जानकारी गराउनु भयो ।

उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसर दावी भएको उल्लेख गर्दै त्यसबाट पार्टीलाई जोगाएर अघि बढ्ने टिप्पणी गर्नुभयो ।

कार्यक्रममा नेकपा एसका सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने विश्वास व्यक्त गर्नुभयो । नेतृत्वले सिंगो समाजवादलाई ठिक दिशातिर अघि बढाउने भन्दै उहाँले नेताहरुको बीचमा कहीँ पनि ठूलो समस्या नरहेको दाबी गर्नुभयो ।

नेताहरु बीच हुने बहस ठूलो कुरा नभएको भन्दै खनालले सहमति हुनै नसके लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन हुने स्पष्ट गर्नुभयो ।

यसैगरी महासचिव घनश्याम भुषालले नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुने बताउनुभयो ।

समस्या समाधान गर्नुपर्नेमा जोड दिदै समाजवादी कार्यक्रम ल्याउने, स्थापित गर्ने, मुलुकमा वाम विकल्प दिने गरी नेतृत्व चयन गर्ने प्रतिवद्धता जनाउनु भयो ।

आइतबारदेखि सुरुहुने नेकपा एसको राष्ट्रिय महाधिवेशन २० गते सकिने छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);