सत्तारुढ प्रमुख तीन दलबीच ११ देशका लागि राजदूतको भागबन्डा टुंगीयो , नेकपा एमालेलाई ८, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई २, माओवादीको भागमा १ राजदुत | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

सत्तारुढ प्रमुख तीन दलबीच ११ देशका लागि राजदूतको भागबन्डा टुंगीयो , नेकपा एमालेलाई ८, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई २, माओवादीको भागमा १ राजदुत

काठमाडौं, असार ७ सत्तारुढ प्रमुख तीन दलले राजदूतको भागबन्डा टुंगो लगाएका छन् ।

सिंहदरबारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री रवि लामिछानेबीचको छलफलले हाल खाली रहेको ११ देशको राजदूतमा भागबन्डा टुंग्याएको हो ।

बिहीबार अबेरसम्म भएको ३ नेताबीचको े छलफलमा एमालेले आठ देशको राजदूत पाउने समझदारी भएको बताइएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दुई र माओवादी केन्द्रले एक देशको राजदूत पाउने छन् ।

राजदूत फिर्ता बोलाउँदा माओवादी केन्द्रको कोटामा राजदूत बनेकाहरु फिर्ता नबोलाएका कारण अहिले एक जना मात्र दिइएको स्रोतको भनाइ छ ।

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार इरान जानुअघि राजदूतको नाममा मोटामोटी सहमति निकाल्न खोजिएको हो ।

२४ जेठमा मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको हो ।

बैठकमा सहमतिबाट बजेट पास गर्ने, शीर्ष नेताबीच उत्पन्न भएका मनोमालिन्य छलफल गरेर टुंग्याउने, गठबन्धन अझै कसिलो बनाउँदै जानेबारे छलफल भएको बताइएको छ ।
०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);