असार ६, २०८१ श्री एयरलाइन्सले चितवनको भरतपुर विमानस्थलमा आफ्नो परीक्षण उडान सम्पन्न गरेको छ ।
बिहीवार बिहान उक्त कम्पनीको क्यू ४०० ड्यास(८ जहाजले भरतपुर विमानस्थलमा पहिलोपल्ट परीक्षण उडान गरेको हो ।
नेपालको पर्यटकीय क्षेत्र मानिएको चितवन राष्ट्रिय निकुञ्जमा पयर्टकहरुको पहुँच अझ सहज र सुरक्षित गर्ने र पूर्व पश्चिम राजमार्गको केन्द्र विन्दु र व्यापारिक क्षेत्रमा यात्रुहरुको अत्याधिक चापलाई सहज गर्न भरतपुरमा उडान गर्ने तयारी गरिएको एयरलाइन्सको भनाइ छ ।
एयरलाइन्सका प्रबन्ध कर्पोरेट अनिल मानन्धरले बिहीवार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ुभरतपुर विमानस्थलमा हवाई सेवा विस्तार गर्नका लागि पर्यटन व्यवसायीहरु तथा विभिन्न क्षेत्रबाट विमान सेवा संचालन गरिदिन अनुरोध गरिए अनुसार भरतपुर विमानस्थलमा यस कम्पनीको अत्याधुनिक क्यानाडा निर्मित क्यु ४०० ड्यास ८ विमानबाट पहिलोपल्ट परिक्षण उडान सम्पन्न गरिएको छ ।ु
एयरलाइन्सका अनुसार क्यानाडाको तत्कालीन बम्बार्डियर हाल डि हाभिलैण्ड अफ क्यानाडा निर्मित ८० सिट क्षमताका क्यु ४०० ड्यास ८ विमान अत्यन्तै आरामदायक, सुरक्षित तथा ध्वनी प्रदुषण कम हुने प्राट एण्ड व्हिएनी कम्पनीबाट निर्मित ५ हजार ४०० हर्षपावरको पीडब्ल्यु १५०ए इन्जिन जडित भएको विमान हो ।
एयरलाइन्सले सन् २०१७ बाट ५० सिट क्षमताका २ वटा सिआरजे(२०० तथा ७० सिट क्षमताको २ वटा सिआरजे(७०० जेट विमानहरुबाट नेपालको विभिन्न गन्तव्यमा निर्यामत उडान गरिरहेको छ ।
अहिले श्री एयरलाइन्सले ८ विमानहरुबाट काठमाडौ, भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी, पोखरा, सुर्खेत आदि विमानस्थलहरुमा उडान गरिरहेको छ ।