आइसरलाई Strong Revival in sales and customer service 2023-24 award | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८१, मंगलबार

आइसरलाई Strong Revival in sales and customer service 2023-24 award

कर्मसियल भेहिकलमा अग्रणी रहेको नेपालका लागि आधिकारिक बिक्रेता बतास एमएडब्लु आइसरले Global Annual conference थाइल्यान्डमा आयोजित कार्यक्रममा Strong Revival in sales and customer service 2023-24 award जित्न सफल भएको छ ।

बतास र एमएडब्लू बीच एकताको पहिलो बर्षमै कम्पनिले अन्र्तराष्ट्रिय स्तरको सफलता चुमेको हो । पहिलो बर्षमा नै आइसर इन्डियाले आइसरको बिक्री बितरण तथा ग्राहक सेवामा ठुलो र अग्रणी परिवर्तन महशुस गरेको बताइएको छ ।

कम्पनीले समय सापेक्ष ग्राहकको चाहना अनुरुप बस ट्रक,ट्रिपर उपल्बध गराएको छ । यस्का साथै अन द स्पट सेवा, बिना झन्झट सामान डेलिभरी, सेल्स सर्भिसमा ग्राहकको सन्तुष्टि, एक्सचेञ्ज फाइनान्सको सुबिधा साथ साथै रिटेल फाइनान्सको लागि एमएडब्लूइनभेष्टमेन्ट प्रा लि र बतास हायर पर्चेज कम्पनीका साथैविभिन्न ५ बित्तिय संस्थाहरुसँग सहकार्य गरेको छ साथै सर्भिसलाई चुस्त दुरुस्त र अन साइट सर्पोटका लागि ४ ओटा स्थानहरुमा सर्भिस भ्यान सुविधा उपल्बध छ । साथै अनलाइन मार्फत स्पेयर्स पार्टस उपल्बध गराउँदै पनि आएको छ ।

नेपाल अधिराज्यभरका बिभिन्न स्थानहरुमा सेल्स तथा एक्सचेन्ज कार्यक्रमहरु गरी ग्राहकहरुलाई प्रत्यक्ष रुपमा सेवा विस्तार गरेको छ । साथै कर्मचारीहरुलाई विभिन्न ट्रेनिङ्गहरु पनि प्रदान गर्दै आएको छ र भक्तपरुमा टे«निङ्ग भवन स्थापना गरी दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने कम्पनीको लक्ष्य रहेको छ । माइलेजको बादशाह भनेर चिनिने आइसर ग्राहकको पहिलो रोजाइ बनेको कम्पनिको भनाइ छ ।

प्रतिकुल अवस्थामा पनि ग्राहकहरुप्रतिको सेवामा निरन्तर इमान्दारिताका साथ सेवा प्रदान गर्दै आइराखेको र ग्राहकहरुबाट पनि सोही अनुरुपको साथ र सहयोगका लागि कम्पनिका कार्यकारी निर्देशक तथा सि ई ओ दिपक अग्रवाल ज्यूले यस सफलताका लागि ग्राहक वर्गमा तथा सम्पूर्ण कर्मचारी प्रति विश्वास र समर्थनका लागि आभार व्यक्त गरे ।

स्कुल बसमा अग्रणी नं १ को रुपमा रहेको आइसरका बस तथा अन्य व्यवसायिक सवारी साधनकोबिक्री बितरण गर्दै कम्पनीले बजारमा नयाँ आयाम थप्नुका साथै ११ शाखाहरु, ४ डिलर र १६ Touch point का साथ देशैभर सेवा बिस्तार गरेको छ । विगत ४० वर्षदेखि आइसरले नेपालको व्यवसायिक सवारीको क्षेत्रमा व्यवसायिक सवारी साधनहरू उपलब्ध गराउँदै आएको
छ ।

Eicher बिश्व भर ५० भन्दा बढी देशहरूमा फैलिएको छ । आइसरले भोल्भो र आइशरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ विभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउदै आइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);