ललितपुरमा दम्पती मृत्यु घटनामा ट्विस्ट , हत्यापछि आत्महत्या गरेको आशंका | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८१, शुक्रबार

ललितपुरमा दम्पती मृत्यु घटनामा ट्विस्ट , हत्यापछि आत्महत्या गरेको आशंका

असार ३, २०८१ काठमाडौँ । ललितपुरको जावलाखेलस्थित डेरामा अर्धचेत अवस्थामा फेला परेका र उपचारको क्रममा ज्यान गुमाएका दम्पतीको घटनामा ट्विस्ट आएको छ । २५ वर्षीय उमेश सेन्चुरीले पत्नीको हत्या गरेर आफूले आत्महत्या गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

३२ जेठमा साँझ सिन्धुपाल्चोक घर भएर कपनमा बस्दै आएका उमेश पत्नीको डेरामा गएका हुन् । २५ वर्षीया रेणु सेन्चुरी अल्का अस्पताल पछाडि डेरा गरेर बस्थिन् । उनीहरू १० वर्षीय छोरा रेणुसँग बस्दै आएका थिए । तर, सो साँझ डेरामा छोरा थिएनन् ।

रेणु डेरामा थिइनन् । पत्नी नआउन्जेल उमेश डेरा आसपासमा डुलिरहेको छिमेकीहरूले प्रहरीलाई बताएका छन् । साँझ पत्नी आएपछि डेरामा प्रवेश गरेका उनीहरू भित्रबाट चुकुल लगाएको अवस्थामा अर्धचेत देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका हुन् ।

घटनास्थलमा विषको बट्टा भेटिएको ललितपुरका एसएसपी शेखर खनालले बताए । उमेशले सुरुमा पत्नीको हत्या गरेर आफूले विष खाएको अनुसन्धान अधिकृतहरूको आशंका छ । दुवै जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

चिकित्सकहरूले अधिकृतहरुलाई रेणुको घाँटीमा ‘दबाब’ को कारण मृत्यु भएको बताएका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्– ‘रेणुको मृत्यु कर्तव्यबाट भएको आशंका गरिएको छ ।’

पत्नीको हत्यापछि उमेशले विष खाएर आत्महत्या गरेको आशंका गरिएको छ । उनीहरूको पोस्टमार्टम रिपोर्ट आएको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण यकिन हुने प्रहरी अधिकृतहरू बताउँछन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);