प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफल जारी, छलफलमा सांसदको रुचि नै देखिएन हाजिर गर्दै टाप | ईमाउण्टेन समाचार

Our Network

जेठ ३१ २०८१, बिहीबार

प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफल जारी, छलफलमा सांसदको रुचि नै देखिएन हाजिर गर्दै टाप

संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

बैठकमा प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत शहरी विकास, रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शिर्षकको खर्च रकममा उल्लेखित रकम घटाईयोस् भनी खर्च कटौतीको प्रश्ताव प्रश्तुत गर्नुहुने छ ।

डा. अमरेशकुमार सिंहले ती मन्त्रालयहरुको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्चकटौतीको प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि छ । त्यस्तै सांसद अजयकुमार चौरसियाले विनियोजन विधेयक, २०८१ अन्तर्गत
शहरी विकास मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रश्ताव , राजेन्द्रकुमार के.सी.ले विनियोजन विधेयक, २०८१ अन्तर्गत रक्षा मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रश्ताव प्रश्तुत गर्नुहुने छ ।

सुरेन्द्रराज आचार्यले विनियोजन विधेयक, २०८१ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रश्ताव प्रश्तुत गर्नुहुने, जीवन परियारले विनियोजन विधेयक, २०८१ अन्तर्गत कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रश्ताव प्रश्तुत गर्नुहुने छ ।

जनताको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयका बजेट तथा योजनामाथि संसद्‍मा भएका छलफलमा दलका शीर्ष नेतादेखि प्रायः सांसद नै अनुपस्थित हुने गरेका छन् ।
०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);