चीनमा स्नातक पास गरेका विद्यार्र्थी लक्षित एक करोडबढी रोजगारी उपलब्ध गराउन सय दिने भर्ती अभियान शुरु | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८१, शुक्रबार

चीनमा स्नातक पास गरेका विद्यार्र्थी लक्षित एक करोडबढी रोजगारी उपलब्ध गराउन सय दिने भर्ती अभियान शुरु

चीनमा स्नातक तह सकेका विद्यार्थीलाई लक्षित गरी एक करोडभन्दा बढी रोजगारी उपलब्ध गराउने उद्देश्यले सय दिने भर्ती अभियान शुरु गरेको छ ।

चीनको मानव संशाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले स्नातक तह सकेका विद्यार्थीलाई लक्षित गरी एक करोडभन्दा बढी रोजगारी उपलब्ध गराउन सय दिने भर्ती अभियान शुरु गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अभियानको पहिलो हप्तामा चारवटा अनलाइन रोजगार मेलाहरू हुनेछन् । यसमा लगभग २६ हजार रोजगारदाताले इन्टरनेट, स्वास्थ्य सेवा, वित्त, ऊर्जा र उत्पादन क्षेत्रमा दुई लाख ५९ हजार रोजगारीको अवसर प्रदान गर्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

यस वर्ष चीनमा एक करोड १७ लाखभन्दा धेरै विद्यार्थीहरूले स्नातक गर्ने सन् २०२४ को सरकारी कार्य प्रतिवेदनमा उल्लेख छ । युवा लक्षित रोजगारी प्रवर्द्धन गर्न र उनीहरूलाई जागिर सुरक्षित गर्न वा व्यवसाय शुरु गर्न मद्दत गर्न अझ राम्रो मार्गदर्शन र सेवाहरू प्रदान गर्न आवश्यक रहेको प्रतिवेदनले औल्याएको छ ।

उता बेलायतको बेरोजगारी दर बढेको छ । पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार बेलायतको बेरोजगारी दर बढेर ४ दशमलव ४ प्रतिशत पुगेको छ । यसअघि बेरोजगारी दर मार्चको अन्त्यसम्मका तीन महिनामा ४ दशमलव ३ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालय ओएनएसले जनाएको छ ।

चालू महिनाको तथ्यांकले श्रम बजार विचलित हुन सक्ने संकेत देखिएको ओएनएसले जनाएको छ । यसबाट रोजगारीमा तीव्र गिरावट र बेरोजगारी दर बढ्दै जाँदा, तलब वृद्धि पनि घट्न सक्ने औंल्याइएको छ ।

बेलायतको केन्द्रीय बैंकले गएको महिना मुख्य ब्याजदर १६ वर्षको उच्च ५ दशमलव ५२ प्रतिशत पु¥याएपछि बेरोजगारी दरसँगै मूल्यवृद्धिसमेत बढ्न थालेको छ ।०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);