विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटकको संख्या निरन्तर घट्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटकको संख्या निरन्तर घट्दै

विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटक नारायणघाट–बुटवल सडकको दुरवस्थाका कारण घट्न थालेका छन्

विगतमा उत्त क्षेत्रमा कम्तीमा वार्षिक १० लाख पर्यटक जाने गरेका थिए ।

अहिले भने लुम्बिनी क्षेत्रमा जाने नारायणघाट–बुटवल सडकको दुरावस्थाका कारण वार्षिक छ लाख पर्यटक मात्र पुग्ने गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।

धार्मिक पर्यटक वृद्धि गर्न उत्त क्षेत्रमा जाने सडक तत्काल सुधार गर्नुपर्ने कोषले जनाएको छ ।

लुम्बिनी क्षेत्रमा पूर्वाधार निर्माण गरेपनि नारायणघाट–बुटवल सडकका कारण पर्यटकले सास्ती खेप्नुपरेको छ ।

सडकको काम चाँडो सकिए लुम्बिनीलगायत त्यहाँबाट पश्चिम नेपालका विभिन्न जिल्लामा जाने आन्तरिक एवं बाह्य पर्यटकको संख्या बढ्ने कोषले जनाएको छ । ०००

Leave a Reply