बँधुवा मजदुरको हकहितको आन्दोलनको ढाँचा परिवर्तन गर्न आवश्यक | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८१, शुक्रबार

बँधुवा मजदुरको हकहितको आन्दोलनको ढाँचा परिवर्तन गर्न आवश्यक

काठमाडौँ । बिहीबार काठमाडौँमा एक्सन एड इन्टरनेश्नल नेपालको अगुवाइमा बँधुवा श्रमको अन्त्य विषयमा अन्तर्क्रिरया सँगै प्रसार कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नीति निर्माता, सरकारका प्रतिनिधि, दातृ निकाय तथा मुक्त बँधुवा मजदुरहरूको भव्य सहभागिता रहेको थियो ।

दातृ संस्था एक्सनएड नेपालले बँधुवा मजदुरी अन्त्य गर्न विगत ४० वर्षदेखि नेपालमा क्रियाशील रहेको छ ।

एक्सनएड नेपालका नीति तथा व्यापार विकासका प्रमुख सरोज पोखरेलले नेपालमा बँधुवा मजदुरीमा गरेको क्रियाकलापहरूको बारेमा जानकारी गराएका थिए ।

सन् २००० मा कमैया मुक्तिको अभियान पश्चात् मुक्तिले झनै अन्याय बढाएको प्रमुख पोखरेलको भनाइ छ ।

मुक्तिले मजदुरुहरुलाई श्रम बजारमा ढकलेको कारण अन्याय अन्त्य नभएर झन् बढाएको बताए ।

एक्सन एड यस विषयमा केही हदसम्म सफल भएता पनि कमैया मुक्त भएको २४ वर्षमा पनि उनीहरू पुनर्स्थापना हुन नसकेको अन्यायको अर्को रूप रहेको उनले प्रस्टाएका थिए ।

सरकारले मुक्त बँधुवा मजदुरहरूको समस्यालाई प्रतिबद्धता र आश्वासनमा सीमित गरेर कार्यान्वयन नगर्नु नै उनीहरू प्रतिको ठुलो धोका रहेका प्रमुख पोखरेलले बताएका छन् ।

कृषिमा आधारित बँधुवा श्रमको अन्त्य, परियोजनाको सिकाई आदान प्रदान विषयक कार्यक्रममा मुक्त कमैया र कमलरीहरूको पनि बाक्लो उपस्थीत्ी रहेको थियो ।

समस्या भोगेरै उद्धार भएकी डोटीकी खिना कोली भन्छिन्, ।।।।सरकारले गर्न नसकेको काम दातृ निकायबाट सफल भयो । डोटीमा नागरिकता बनाउनु पर्छ भन्ने ज्ञान पनि नभएको अवस्थामा एक्सन

एड र इडिसिको सहयोगबाट नागरिकता मात्र नभएर पिछडिएको महिलालाई उद्धार समेत भएका छन् ।

सन् २०२१ बाट एक्सनएड र अरू ८ स्थानीय संस्थाहरू बाट सुरु गरिएको यस अभियानमा फ्रिडम फन्डको पूर्ण साथ सहयोग रहिरहने द फ्रिडम फन्डका सिनियर प्रोग्राम म्यानेजर पौलिने आरोनले प्रतिबद्धता व्यक्त गरेकी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);