२० विश्वकप अन्तर्गत आज एक खेल हुदै, समुह ए अन्तर्गत भारत र आयरल्याण्डबीचको खेल राती सवा ८ बजेदेखि शुरु हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ २३ २०८१, बुधवार

२० विश्वकप अन्तर्गत आज एक खेल हुदै, समुह ए अन्तर्गत भारत र आयरल्याण्डबीचको खेल राती सवा ८ बजेदेखि शुरु हुने

आइसीसी टी–२० विश्वकप अन्तर्गत आज एक खेल हुदै छ ।

आज समुह ए अन्तर्गत भारत र आयरल्याण्डबीच खेल हुन लागेको हो । न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती सवा ८ बजेदेखि शुरु हुने छ । यस विश्वकपमा दुवैको यो पहिलो खेल हो ।

टी–२० खेलमा आयरल्याण्डले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन । अहिलेसम्म दुवैबीच ७ खेल भएको छ ।

जसमा सबै खेल भारतले नै जितेको छ । यस अघि समुह ए मा रहेको अमेरिकाले आफ्नो पहिलो खेलमा क्यानडालाई पराजित गरेको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);