आईसीसी टी–२० विश्वकपमा नेपाल नेदरल्याण्डसंग ६ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८१, शुक्रबार

आईसीसी टी–२० विश्वकपमा नेपाल नेदरल्याण्डसंग ६ विकेटले पराजित

आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ ।

अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ७ रनको लक्ष्य नेदरल्याण्ड्सले ८ बल बाँकी छँदै ४ विकेट गुमाएर भेट्टायो । नेदरल्याण्डका लागि म्याक्स ओडाउडले अर्धशतकीय पारी खेले । उनी ५४ रनमा अविजित रहे ।

विक्रमजित सिंहले २२ र साइब्राण्ड एन्जलब्रेटले १४ रन बनाउँदा कप्तान स्कट इडवार्डस् ५ रनमा आउट भए । नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहोराले एक÷एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ दशमलव २ ओभरमा अलआउट हुँदै १ सय ६ रन बनाएको थियो । ने

पालका लागि कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए । उनले ५ चौका प्रहार गरे । करण केसीले १२ बल खेल्दै २ छक्काको सहयोगमा १७ रन जोडे ।

गुल्सन झाले १५ बलमा १ छक्का प्रहार गर्दै १४ तथा अनिल शाहले १२ बलमा २ चौकासहित ११ रन जोडे । कुशल मल्ल ९, कुशल भुर्तेल ७, आसिफ शेख ४, दीपेन्द्रसिंह ऐरी एक रनमा आउट हुँदा सोमपाल कामी र अविनाश बोहरा शून्यमा आउट भए । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);