पूर्वअर्थमन्त्रीहरुले नयाँ बजेटका सम्बन्धमा टिप्पणी गर्दै अर्थमन्त्रीलाई विभिन्न सुझाव | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८१, सोमबार

पूर्वअर्थमन्त्रीहरुले नयाँ बजेटका सम्बन्धमा टिप्पणी गर्दै अर्थमन्त्रीलाई विभिन्न सुझाव

पूर्वअर्थमन्त्रीहरुले नयाँ बजेटका सम्बन्धमा टिप्पणी गर्दै अर्थमन्त्रीलाई विभिन्न सुझाव दिएका छन् ।

पूर्वअर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रले सुन्दा राम्रो तर ऐनहरु पल्टाउँदा झस्किनुपर्ने अवस्थाको रहेको टिीणिी गर्नुभएको छ ।

उहाँले यो वर्ष पनि बजेटले निजी क्षेत्रले सुन्दा राम्रो तर करका दर र नीतिहरुले झस्किनुपर्ने रहेको औंल्याउनु भयो । उहाँले छलफल नगरी धेरै कुराहरु बजेटमा समेटिएकाले योजना र कार्यक्रमहरुमा
लय नमिलेको, ११ खर्ब उठ्दैन भन्ने जान्दाजान्दै पनि राजश्वको लक्ष्य किन ठुलो लिएको ? भन्दै अर्थमन्त्रीलाई प्रश्न गर्नुभयो ।

बजेटमार्फत निजी क्षेत्रलाई पुनः एकपटक मूर्ख बनाईएको डा खतिवडाको भनाइ छ ।

यसैगरी पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले पछिल्लो समय बजेट घाटा बढ्दै जानु खतरापूर्ण रहेको भन्दै ट्रेजरी डेफिसिट र बजेट डेफिसिटलगायत बढिरहँदा यसले अर्थतन्त्रमा सहजताभन्दा झन अपm्ठ्यारो र खतरा थपिरहेको टिप्पणी गर्नुभयो । बताउनु भयो । उहाँले सीमामा रहेर खर्च नगर्ने हो भने अझै खाल्डोमा जान सकिने निश्चित रहेको बताउनु भयो

पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंकहरुबाट सरकारले ९० अर्ब लिइसकेपछि निजी क्षेत्रमा जाने पैसा सरकारको खातामा जाँदा निजी क्षेत्र चलायमान हुन नसक्ने दाबी गर्नुभयो । उहाँले बजेटले कर्जाको ब्याजदर वृद्धि गर्ने,ऋण लिएर कार्यकर्तालाई रकम वितरण,लडाकु खर्च, विविध, अनुदानलगायत भनेर वितरण गर्ने देखिएको बताउनु भयो ।

पूर्व अर्थमन्त्रीहरुले पुराना परियोजनामा बजेट नआई बिना तयारी र डिजाईन बजेट खन्याईएको, अर्थ, शहरी र भौतिक मन्त्रालयमा मात्रै बजेट थपिएको, युवालाई स्वदेशमै रोक्नुपर्नेमा झन बाहिर पठाउनेगरी विनाधितो कर्जा दिने प्रक्रिया अघि बढेकोलगायतका पक्षहरुमा असन्तुष्टि जनाएका छन् । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);