टि–२० विश्वकप क्रिकेटका लागि नेपाल तयार, टेस्ट खेल्ने टोलीलाई हराएर नेपाल सक्षम छ भन्ने सन्देश दिने बेला भइसकेको कप्तान पौडेलको भनाइ | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

टि–२० विश्वकप क्रिकेटका लागि नेपाल तयार, टेस्ट खेल्ने टोलीलाई हराएर नेपाल सक्षम छ भन्ने सन्देश दिने बेला भइसकेको कप्तान पौडेलको भनाइ

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसकेको बताउनुभएको छ ।

शनिवार अमेरिकामा अभ्यासका क्रममा उहाँले उहाँले आफूहरु विश्वकपका लागि उत्साहित रहेको बताउनु भयो ।

करिव २५ दिनेदेखि नेपाली टोलीले वेस्टइण्डिज र अमेरिकामा अभ्यास गरिहरेको भन्दै अब विश्वकपका लागि सबै किसिमले तयार रहेको बताउनु भयो ।

यस्तै नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले पहिलो खेलका लागि केन्द्रित भएर अभ्यास गरिरहेको बताउनु भयो ।

उहाँले यस पटक दुई वटा देशमा विश्वकप हुने भएको र सो स्थानहरुको वातावरणमा भिज्न एक महिना अगाडि नै विश्वकप आयोजना हुने देशमा पुगेर अभ्यास जारी राखेको बताउनु भयो ।

उहाँले नेपाललाई ब्याटिङ र बलिङमा उत्कृष्टता आवश्यक रहेको समेत उल्लेख गर्नुभयो ।

मुख्य प्रशिक्षक देसाईले नेपाली टिममा सबै किसिमले ब्यालेन्स मिलेको बताउनु भयो । जुन २ बाट अमेरिका र वेस्टइण्डिजमा टि २० विश्वकप शुरु हुँदैछ । नेपालको खेल भने जुन ४ मा नेदरल्याण्डसँग रहेको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);