नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसकेको बताउनुभएको छ ।
शनिवार अमेरिकामा अभ्यासका क्रममा उहाँले उहाँले आफूहरु विश्वकपका लागि उत्साहित रहेको बताउनु भयो ।
करिव २५ दिनेदेखि नेपाली टोलीले वेस्टइण्डिज र अमेरिकामा अभ्यास गरिहरेको भन्दै अब विश्वकपका लागि सबै किसिमले तयार रहेको बताउनु भयो ।
यस्तै नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले पहिलो खेलका लागि केन्द्रित भएर अभ्यास गरिरहेको बताउनु भयो ।
उहाँले यस पटक दुई वटा देशमा विश्वकप हुने भएको र सो स्थानहरुको वातावरणमा भिज्न एक महिना अगाडि नै विश्वकप आयोजना हुने देशमा पुगेर अभ्यास जारी राखेको बताउनु भयो ।
उहाँले नेपाललाई ब्याटिङ र बलिङमा उत्कृष्टता आवश्यक रहेको समेत उल्लेख गर्नुभयो ।
मुख्य प्रशिक्षक देसाईले नेपाली टिममा सबै किसिमले ब्यालेन्स मिलेको बताउनु भयो । जुन २ बाट अमेरिका र वेस्टइण्डिजमा टि २० विश्वकप शुरु हुँदैछ । नेपालको खेल भने जुन ४ मा नेदरल्याण्डसँग रहेको छ । ०००