युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबलको लागि आवासीय कबर्ड हल बनाउने | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबलको लागि आवासीय कबर्ड हल बनाउने

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबलको लागि आवासीय कबर्ड हल बनाउने बताउनुभएको छ ।

शनिवारबाट काठमाडौंमा शुरु भएको आठौं एनभिए महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले आगामी आर्थिक वर्षमा भलिबलको लागि एउटा आवासीय कबर्ड हल बनाउने विषयमा छलफल भइरहेको बताउनु भएको हो ।

उहाँले कवर्ड हल बन्नेमा आफु आशावादी रहेको भन्दै नेपालमा भलिबल खेलको निकै ठूलो सम्भावना रहेको बताउनु भयो ।

उहाँले अहिले भलिबलको लागि राम्रो कभर्ड हल बनाउन चुनौति रहेको समेत उल्लेख गर्नुभयो

मन्त्री श्रेष्ठले खेल क्षेत्रको विकासका लागि सबै मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);